logo

मुलकको आर्थिक सूचकाकंहरु सबै सकारात्मक रहे सँगै चालु आर्थिक वर्षमा  आर्थिक बृद्धिदर ८ प्रतिशत पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी 

    1100   पटक पढिएको

२२ पुस/ अर्थ र व्यापार  - प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक बृद्धिदर ८ प्रतिशत पुग्ने दावी गरेका छन् । संसदको हिउँदे अधिवेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताए । सरकारका कामकारबाही बारेमा बिभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरे ।

उनले आफु कुनै तर्क र बहश गर्न आज आएको होइन सरकारको नीति तथा कार्याक्रम, बजेट, प्राप्त उपलब्धिको बारेमा सदनलाई जानकारी गराउन आएको बताए । प्रधानमन्त्रीले संसदमा जानकारी गराए अनुसार गत वर्षको यहि समयको तुलनामा राजश्व संकलन ३२ प्रतिशतले बृद्धि भएको छ भने सरकारी खर्च ३४ बाट झरेर १४ प्रतिशतमा पुगेको छ । मूल्य बृद्धि ४.२ बाट घटेर ३.७ प्रतिशत कायम रहेकोे छ भने कुल वैदेशिक सहयोगमा १६२.७२ प्रतिशतले बृद्धि भएको छ । प्रधानमन्त्रीका अनुसार अनुसार उद्योग दर्ता गर्ने क्रम गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले १७.९ प्रतिशतले नक्षेप बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादनशित क्षेत्रमा गरिएको लगानी पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष १३.४ प्रतिशतमा रहेको उक्त लगानी अहिले ३२.३ प्रतिशतले बढेको छ ।
प्रधानमन्त्रीका दिएको जानकारी अनुसार परियोजनाहरुमा वैदेशिक लगानी २५ प्रतिशतले बढेको छ । देशको समग्र निर्यात १२.३ प्रतिशतले बढेको प्रधानमन्त्रीको दावी छ । निर्माण सामाग्री तथा औद्यौगिक औजारको आयतले सोधानन्तर बचत केही कम भए पनि विस्तारै बढ्दै जाने प्रधानमन्त्रीको विश्वास थियो ।

प्रधानमन्त्री ओलीले सन् २०१९ को जुन भित्र लुम्बीनी अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिने र ६ महिना भित्रै पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग पीच गरिने जानकारी दिए । भेरी डाईभर्सन परियोजनामा २ किलोमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिदै प्रधानमन्त्री ओलीले भेरी ववाई परियोजनाबाट २६ हजार हेक्टर जमिन सिंचाई भई रहेको बताए ।
फाष्ट ट्रयाकमा उत्साहजनक प्रगती भएको बताएका प्रधानमन्त्रीले मेलम्चीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको बताए । सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघी बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।