१८ चैत्र /अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यक्रमका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बिहान १०ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया