logo

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भइसके पनि सरकारलाई हस्तान्तरणको टुंगो अझै लागेन

    1221   पटक पढिएको

६ पुस / अर्थ र व्यापार - कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । पछिल्लो पटक थप भएको म्याद (१५ डिसेम्बर)मा काम सकिएको समूहले जनाएको छ । चार वर्ष पहिले ४० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एकवर्ष काम ठप्प भएको थियो ।

नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको थियो । सडकको निर्माण र त्यसपछि सडक चिन्ह गरेर ठेकेदार कम्पनीले तोकिएको जिम्मेवारी पूरा गरिसकेको छ । सडक निर्माण सम्पन्न हुनासाथ चिनियाँ सरकारले नै कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा चासो देखाएको छ । यो खण्डको सडक विभागले विस्तृत परियोजना अध्ययन गरिसकेको छ ।


 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।