८ चैत्र/ अर्थ र व्यापार - वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क इसेवामार्फत भुक्तान गर्न सक्ने भएका छन् । राति १२ बजेदेखि बिहान नौं बजेसम्म इसेवामार्फत १७ हजारले शुल्क भुक्तानी गरिसकेको इसेवाले जनाएको छ ।
चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका इसेवाका सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोन वाहक सेवाग्राहीहरू आफैंले इसेवा एप डाउनलोड गरि सिधैं परीक्षा शुल्क भुक्तानी गर्न सक्ने छन् । परीक्षाका लागि २४ अमेरिकन डलर दस्तुर लाग्नेछ । भुक्तानी गर्ने दिनको विनिमय दरका आधारमा डलरको मूल्य तलमाथि हुनसक्छ ।
परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि यो साइटमा जानुपर्नेछ ।
तपाईको प्रतिक्रिया