logo

किवानिज क्लव अफ मनकामनाद्वारा शैक्षिक सामाग्री वितरण

    2252   पटक पढिएको

३० ज्येष्ठ  / अर्थ र व्यापार- किवानिज इन्टरनेशनल नेपाल अन्र्तगत डिभिजन–४ मा रहेको किवानिज क्लब अफ मनकामना नेपालले राइनस–९, लम्जुङको ग्रामीण भेगको एक सरकारी स्कुलमा विद्यालय  पोशाक, झोला लगायत अन्य शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

किवानिज क्लब अफ मनकामना नेपालका संस्थापक अध्यक्ष शम्सेर पराजुलीको नेतृत्वमा आवश्यक सहयोग रकम जुटाएर उनकै नेतृत्वमा गत जेठ २८ गते मंगलबार किवानिज नेपाल र मनकामना टिम श्री शान्ति देबी प्रा बि, राइनस–९, लम्जुङ पुगेर सहयोग हस्तान्तरण गरे । सो कार्यक्रममा किवानिज किवानिज इन्टरनेशनल नेपालको तर्फबाट सचिब लक्ष्मण लम्साल, किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुली, कोषाध्यक्ष सुरेश अधिकारी, सहसचिब सुर्य बहादुर थापा र सदस्य घनश्याम शर्माको उपस्थिति थियो । त्यसका साथै राइनस–९ लम्जुङका वड़ाध्वक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम धिताल लगायत विद्यार्थीहरु र तिनीहरुका अभिभावक,शिक्षक तथा शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरिएको थियो ।

किवानिज इन्टरनेशनल नेपालका सचिब लक्ष्मण लम्सालले किवानिज बारे जानकारी दिएका थिए भने किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुलीले शैक्षिक सामग्री वितरण बारे जानकारी दिएका थिए । वड़ाध्यक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्रीराम धिताल र बिद्यालयका प्रअ कृष्ण बहादुर आले मगरले सहयोगको लागि किवानिज नेपाल,मनकामना नेपाल र प्रतिनिधिहरुलाई बिशेष धन्यबाद प्रकट गरेका थिए ।
बिद्यालयको ३५ जना विद्यार्थीहरुको लागी २ जोर स्कुल ड्रेस, १ स्कुल झोला, टाई, बेल्ट, कापी, कलम र सिशाकलम लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो । किवानिज क्लब अफ मनकामनाका अध्यक्ष शम्सेर पराजुलीले केही समयमा राइनस–०९ कै एक सरकारी स्कुलका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको जानकारी दिए । यसअघि किवानिज चिल्ड्रेन फण्ड नेपालले बारा, पर्साका हुरी पिडित ४०० बालबालिकाहरुलाई आवश्यक सम्पूर्ण सामग्री प्रदान गरेको थियो ।

बिश्व परिचित संस्था किवानिज इन्टरनेशनल नेपालमा पनि किवानिज इन्टरनेशनल नेपाल नाम रही २०१५ मा स्थापना भई बालबालिकाको क्षेत्रमा उल्लेख्य कामहरु गरिरहेको पराजुलीले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।