logo

किवानिज क्लवको राष्ट्रिय सम्मेलन सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा हुने

    1825   पटक पढिएको

३० श्रावण / अर्थ र व्यापार- किवानिज क्लव नेपालको राष्ट्रिय सम्मेलन आगामी सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपालमा रहेका ५१ वटै किवानिज क्लवका अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र सदस्यहरुको उपस्थिति रहने क्लवका राष्ट्रिय उपाध्यक्ष एकराज पन्तले अर्थ र व्यापारलाई वताए ।

सेप्टेम्बर ५ र ६ मा क्लवको एजुकेशनल ट्रेनिङ र ७ मा साधारणसभा हुनेछ । सम्मेलनले नेशनल गर्भनर,ईलेक्ट गर्भनर र भाईस गर्भनर समेतको चयन गर्नेछ । सम्मेलनमा भाग लिन एशिया प्यासिफिक क्षेत्रीय निर्देशक र क्लवका ईन्टरनेशनल प्रमुख सञ्चालन अधिकृत समेत आउने कार्यक्रम तय भएको सम्मेलन आयोजक समितिका सचिव लक्ष्मण लम्सालले वताए ।

यो सम्मेलन पछि नेपालले फुल डिष्ट्रिक्टको मान्यता पाउनेछ । हाल नेपालमा किवानिज क्लव ईन्टरनेशनलका ५१ क्लवहरुमा ११ सय ३८ जना सदस्यहरु रहेका छन । सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन्२०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिका लक्षित विभिन्न कार्य गर्दै आएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।