logo

किवानिज क्लवको राष्ट्रिय सम्मेलन सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा हुने

    1713   पटक पढिएको

३० श्रावण / अर्थ र व्यापार- किवानिज क्लव नेपालको राष्ट्रिय सम्मेलन आगामी सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपालमा रहेका ५१ वटै किवानिज क्लवका अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र सदस्यहरुको उपस्थिति रहने क्लवका राष्ट्रिय उपाध्यक्ष एकराज पन्तले अर्थ र व्यापारलाई वताए ।

सेप्टेम्बर ५ र ६ मा क्लवको एजुकेशनल ट्रेनिङ र ७ मा साधारणसभा हुनेछ । सम्मेलनले नेशनल गर्भनर,ईलेक्ट गर्भनर र भाईस गर्भनर समेतको चयन गर्नेछ । सम्मेलनमा भाग लिन एशिया प्यासिफिक क्षेत्रीय निर्देशक र क्लवका ईन्टरनेशनल प्रमुख सञ्चालन अधिकृत समेत आउने कार्यक्रम तय भएको सम्मेलन आयोजक समितिका सचिव लक्ष्मण लम्सालले वताए ।

यो सम्मेलन पछि नेपालले फुल डिष्ट्रिक्टको मान्यता पाउनेछ । हाल नेपालमा किवानिज क्लव ईन्टरनेशनलका ५१ क्लवहरुमा ११ सय ३८ जना सदस्यहरु रहेका छन । सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन्२०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिका लक्षित विभिन्न कार्य गर्दै आएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।