२७ माघ / अर्थ र व्यापार - नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।
त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वा्चित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वा्चित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वा्चित भएका छन् ।
नवनिर्वा्चित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वा्चित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वा्चित भएका म्यानले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया