logo

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता रिपोर्ट तयार, लागत ३ खर्ब ५५ अर्व  

    1801   पटक पढिएको


३ भदौ/अर्थ र व्यापार– चिनियाँ प्राविधिकहरुले केरुङ–काठमाडौं जोड्ने रेल परियोजनाको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको छ ।

भदौ दोस्रो साता रिपोर्ट तयार पार्ने लक्ष्यका साथ चिनियाँ प्राविधिकहरुले अध्ययन थालेका थिए । त्यसको एक महिना अगावै रिपोर्ट तयार पारेको हो । रेलमार्ग संसारकै कठिनमध्ये एक भएको प्रतिवेदन देखाएको छ । 

यो रेल परियोजना निर्माणका लागि ३ खर्ब ५५ अर्व रुपैयाँ लाग्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

सिडिई उपाध्यायका अनुसार ७२.२५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रतिवेदन अनुसार यो रेलमार्गको ९८.५ प्रतिशत पुल र टनेलमा निर्माण हुनेछ । बाँकी १.५ प्रतिशत मात्रै जमिनमा रहने छ । 

सिडिई उपाध्यायले सरकारले आफ्नै लगानीमा समेत यो रेल मार्ग निर्माण गर्न सकिने बताएका छन् । उनका अनुसार बार्षिक रुपमा २८.५५ अर्व रुपैयाँ बजेट छुट्याए पुग्ने बताए ।

चिनियाँ प्राविधिकहरुले तयार पारेको उक्त प्रतिवेदनमाथि छलफल गर्नका लागि  नेपाली टोली शनिवार चीन प्रस्थान गरेको छ । 
सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका वैदेशिक महाशाखा हेर्ने सहसचिव केशवकुमार शर्मा पराराष्ट्र अर्थ मन्त्रालयका  प्रतिनिधी सहित सात सदस्यीय टोली चीन प्रस्थान गरेको हो ।

चीनको सियान शहरमा यहि अगष्ट १९, २० र २१ तारिख चीनियाँ पक्षले प्रिजेन्टेसन गर्ने त्यसमा द्धिपक्षीय छलफल हुने छ । 

चिनियाँ परामर्शदाता कम्पनीले तयार पारेको रिपोर्टमा छलफल गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रक्रिया अघि बढाउने बिषयमा छलफल गर्ने सचिव मधुसुदन अधिकारीले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।