logo

दुई महिनादेखि बन्द केरुङ नाका खुल्यो 

    1443   पटक पढिएको

९ असोज/अर्थ र व्यापार– बाढी पहिरो तथा विविध कारण देखाउँदै चिनियाँ पक्षले विगत दुई महिनादेखि बन्द गरेको केरुङ नाका खुलेको छ ।  

रसुवा भन्सार कार्यालय प्रमुख पुन्य बिक्रम खड्काका अनुसार बुधबार नाका खुलेसंगै सामान लोड भएका ट्रकहरु नेपाल तर्फ आउन सुरु गरेको बताए । 

नेपाली पक्षले नाका खोल्नका लागि बारम्बार आग्रह गरेपनि चिनियाँ पक्षले बाढी पहिरो तथा विविध कारण देखाउँदै विगत दुई महिनादेखि केरुङ नाका बन्द गरेको थियो । 

यस्तै चिनियाँ भुभागमा ताल फुट्ने खतरा रहेको भन्दै बन्द रहेको तातोपानी नाका पनि पुन सञ्चालनमा आउने भएकोछ । 

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार तातोपानी नाका पनि छिट्टै खुल्ने जानाकारी दिए । कर्मचारीको परीक्षण गरिएको र नतिजा नेगेटिभ आए चिनिया पक्षले नाका खुलाउने बचन दिएको बताए । 

महानिर्देशक दाहालले चिनियाँ पक्षले सिमित क्षमतामा मात्रै सेवा दिने गरि नाका खोल्ने तयारी गरेको जानाकारी दिए ।    

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।