logo

काठमाडौं न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काइने, उस्तै स्वरुपको नयाँ भवन बनाउने तयारी

    2425   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार - काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको उक्त भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने काठमाडौं महानगरपालिकाको तयारी छ । भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकाले त्यसलाई भत्काएर नयाँ बनाउने तयारी थालिएको महानगरपालिकाको भौतिक पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले  जानकारी दिए ।

अहिलेको भत्काएर नयाँ भवन बनाउनका लागि महानगरपालिकाले १० करोड बजेट छुट्याएको छ । जुद्ध बारुण यन्त्र कार्यालय स्रोतका अनुसार उक्त ऐतिहासिक भवन भत्काइ हाल्नुपर्ने अवस्था भने छैन । तर, महानगरपालिका भने अहिलेकोलाई भत्काएर नयाँ बनाउने भनिएको भवनको नक्सा बनाउन कम्मर कसेर लागिसकेको छ ।

जुद्ध बारुण यन्त्र काठमाडौंको कार्यालयमा ३४ जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै ३० जना कर्मचारी अहिले पनि नियमितरुपमा सोही भवनको माथिल्लो तलमा बस्दै आएका छन् । माथिल्लो तलामा हाल १० वटा कोठा छन् । ती कोठा कर्मचारीको बसोबाससँगै उपकरण स्टोर, लत्ताकपडा, विभिन्न सामग्री राख्न प्रयोग भइरहेको छ । २ रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडलको दुई दमकल संग्रहित गरेर राखिएको छ । तल्लो तलामा पाँचवटा दमकल तयारी अवस्थामा राखिन्छन् । तीमध्ये एउटा अहिले मर्मतको क्रममा छ ।

सम्पदा क्षेत्रमा पर्ने र उक्त भवनसमेत ऐतिहासिक भएकाले पुरातत्व विभागबाट अनुमति लिएर मात्रै काम सुरु गर्ने महानगरपालिकाका अधिकारी बताउँछन् । नयाँ भवन विद्यमान शैलीकै बनाउने तयारी रहेको विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । भवनको दोस्रो तलामा कर्मचारीको आवास र स्टोर तथा तेस्रो तलामा १२० जना अट्ने सभाहल बनाउने योजना छ ।
उक्त सभाहलमा कर्मचारीलाई तालिम, सेमिनार जस्ता क्रियाकलापमा सहभागी गराउने पूर्वाधार विभाग प्रमुख थापा बताउँछन् । पुरातत्वले अनुमति दिनेवित्तिकै भत्काउनु काम शुरु गर्ने महानगरपालिकाको तयारी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।