logo

अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने काठमाडौँ महानगरपालिकाद्वारा जानकारी

    1293   पटक पढिएको

२३ फागुन /अर्थ र व्यापार - काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए ।

संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकारसम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्योल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।