logo

अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने काठमाडौँ महानगरपालिकाद्वारा जानकारी

    1416   पटक पढिएको

२३ फागुन /अर्थ र व्यापार - काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए ।

संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकारसम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्योल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।