२ माघ /अर्थ र व्यापार - सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन कर्मचारीलाई अनलाइन फारम भर्न दिएको समय आज सकिँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समयसीमा तोकेर समायोजन हुन अनलाइन फारम भर्न दिएको समय आज सकिन लागेको हो ।
समायोजनमा जान आज राति १२ बजेसम्म अनलाइन फारम भर्न सकिनेछ । केही बेरअघिसम्म ६६ हजार भन्दा धेरै कर्मचारीले फारम भरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । उनका अनुसार ७६ हजार भन्दा धेरै कर्मचारी फारम भर्ने क्रममा छन् । आज बेलुकीसम्ममा उनीहरुले पनि फारम भरिसक्ने उनको अनुमान छ । उपसचिव निरौलाका अनुसार झण्डै ८९ हजार कमचारीमध्ये ६६ हजारभन्दा धेरैको नाम दर्ता भैसकेको र बाँकी १० हजार जनाको नाम प्रक्रियामा रहेको हो ।
मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।
तपाईको प्रतिक्रिया