logo

डाक्टरहरुलाई राजश्व छल्न सहयोग गरेको आरोपमा उपत्यकाका पाँच ठूला अस्पताललाई कर कार्यालयको पत्र

    1700   पटक पढिएको

१८ आषाढ/अर्थ र व्यापार– डाक्टरहरुले आयकर बुझाउनुको सट्टा स्रोतमा कर कट्टी गरी थोरै राजस्व बुझाएको भेटिएपछि सरकारले कारवाही अघि बढाएको छ।
उपत्यकामा सञ्चालित ग्रान्डी, अल्का, नेपाल मेडिसिटी, बी एन्ड बी र नेपाल क्यान्सर अस्पतालबाट नियमित पारिश्रमिक बुझ्ने तर परामर्श शुल्कका नाममा प्राप्त हुने आम्दानी १५ प्रतिशत कर कट्टी गरी बाँकी राजस्व छली गरेको भेटिएको हो ।

आयकर ऐनको व्यवस्थाअनुसार आयमा कर कट्टी गर्नुपर्नेमा स्रोतमा कर कट्टी गरी राजस्व छली गरेको देखिएको छ,। यसो गर्दा कम राजस्व दाखिला गरे पुग्छ। त्यसैले डाक्टरको नियमित आयलाई परामर्श शुल्कको रुपमा हिसाब देखाएको भेटिएको छ।
परामर्श शुल्कका नाममा अस्पतालबाट नियमित पारिश्रमिक लिने डाक्टरको आयको स्रोतमा कर कट्टी गर्दा १५ प्रतिशत मात्रै कर तिरे पुग्छ। तर, आयकर दाखिला गर्दा आम्दानीअनुसार १० देखि ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ ।

अधिकांश डाक्टरले अस्पतालबाट मोटो रकम लिने तर आयकर तिर्नुको साटो स्रोतमा कर कट्टी गरी थोरै मात्रै राजस्व तिरेको निष्कर्ष राजस्व विभागले निकालेको छ। त्यही निष्कर्षका आधारमा १५ करोड रुपैयाँ कर निर्धारण गरी ५ वटा अस्पताललाई भुक्तानीका लागि पत्राचारसमेत गरिसकेको स्रोतको दावी छ। ठूला अस्पतालमा कार्यरत वरिष्ठ डाक्टरहरु नै यसमा संलग्न रहेको ठम्याई प्रशासनको छ । 

विभागका अनुसार धेरै पारिश्रमिक लिने डाक्टरलाई आयकरको साटो स्रोतमा कर कट्टी गर्न लगाइ राजस्व छल्न सहयोग गरेको आरोपमा विवरण पठाउन सम्बन्धित अस्पताललाई पनि भनिएको छ। यसले डाक्टरलाई गाह्रो पर्ने भन्दै आयकरको साटो स्रोतमा कर कट्टी गर्ने विधी नै कार्यान्वयनका लागि केही अस्पताल सञ्चालकले विभाग र ठूला करदाता कार्लायका कर अधिकृतलाई भेटेरै आग्रह पनि गरेको स्रोतको दावी छ।

चालु आर्थिक वर्षको आर्थिक ऐनको व्यवस्थाअनुसार विवाहित व्यक्तिले ४ लाख रुपैयाँसम्म कर तिर्नुपर्दैन। त्यसपछिको आयमा थप १५ देखि २५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था कानुनमा छ। आउँदो वर्ष सरकारले यसलाई केही परिमार्जन गरी १५ प्रतिशतको ’स्ल्याब’लाई १० प्रतिशतमा झारेको छ। अधिकतम ३५ प्रतिशतको सीमालाई बढाएर ३६ बनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।