logo

प्रधानमन्त्रीद्धारा करको बचाउ, भन्छन् ‘नाच्न सिक्दैछ, अलिअलि स्टेप त बिग्रिहाल्छ नि’

    1827   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार– प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले लगाएको करको बचाउ गर्दै भर्खरै शुरु भएको स्थानीय तहका केही कमी कमजोरी हुनसक्ने बताएका छन् ।

११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भर्खर नाच्न सिक्दै गरेको भन्दै अलिअलि स्टेप बिग्रने बताए ।

‘सिंहदरबारको अधिकार गाउँमा र्पुयाइयो । अहिले केकेमा कर लगाएर बबन्डर छ । भर्खर नाच्न सिक्दै छ । अलिअलि स्टेप त बिग्रिन्छ नि, ’कार्यक्रममा ओलीले भने, ’अहिले केन्द्रसँग प्रदेशको अधिकार प्राप्तिका लागि लडाइँ छ । स्थानीय तहको प्रदेशसँग छ । यस्तोमा अलिअलि समस्या हुन्छ । ७६१ वटा सरकार छन्। हामी धनमा गरिब हौला, सरकारमा धनी छौं।’

प्रधानमन्त्री ओलीले भदौ १ बाट लागु भएको मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको नबुझीकन विरोध भइरहेको बताए ।
विरोध गर्नेलाई बुझेरमात्र कलम चलाउन सुझाव दिँदै प्रधानमन्त्रीले भने, ‘लेख्ने बोल्नेलाई सुझाव दिन चाहन्छु, भोलि नातिले हजुरबा तपाईंले यस्तो लेख्नु भएको रैछ नि भन्दा लाज नहोस् ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनियता राष्ट्रको हितका लागि कायम राख्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।