१८ साउन/अर्थ र व्यापार– विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन् ।
ढकालले यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए । ढकालको अध्ययन पनि कानुननै हो ।
ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो । मोरङ ३ बाट निर्वा्चित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो । ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाइँदैछ । यादव महोत्तरी ४ बाट विजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया