logo

दुवईको घरजग्गा मेला काठमाडौंमा, कानुन विपरित सयौं नेपाली दुवईमा घर, अपार्टमेन्ट खरिद गर्दै 

    2240   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार– कानुनले नेपालीलाई बिदेशमा सम्पती खरिद गर्न दिदैन तर तीन दिनदेखि दुवईको घरजग्गा मेला दरवारमार्ग स्थित पाँचतारे होटल डेला अन्नपूर्णको ‘ब्याकेट हल’ मा जारी छ ।  

कम्पनीले अघिल्लो पटक पनि राजधानीको ह्यात होटलमा यस्तै मेलाको आयोजना गरेको थियो ।  

डम्याक कम्पनीको एकोया अक्सिजन नामक रियलस्टेट कारोबार गर्ने संस्थाले दुवईको अपार्टमेन्ट र इन्डिभिज्युल होम(भिल्ला) बिक्रीका लागि मेला गरिरहेको छ । शुक्रवार देखी जारी मेला आइतबारसम्म चल्नेछ ।  

आयोजकका अनुसार सयौं नेपाली नागरिकहरुले दुवईमा बस्न र लगानीका लागि अपार्टमेन्ट र भिल्ला बुकिङ गरिसकेका छन । अहिले कम्पनीले  ६ लाख रुपैयामा धमाधम प्रि-बुकिङ लिइरहेको छ । 

एक एजेन्टका अनुसार ह्यात होटलमा वान टु वान’ मार्के्टिङ गरेर दर्जनौं घररअपार्टमेन्टहरु नेपालीलाई बिक्री गरेको बताए । उनले अन्नपूर्णको कार्यक्रमबाट पनि दर्जन भन्दा बढी घर तथा अपार्टमेन्टका लागि बुकिङ आएको बताए । 

बुकिङ गराउनेलाई कम्पनीले निशुल्क दुवई स्थित घर अपार्टमेन्ट हेर्नका लागि लैजाने गरेको ति एजेण्टले बताए । उनका अनुसार एक करोड ८० लाख रुपैयाँदेखि १४ करोड रुपैयाँसम्मका घर अपार्टमेन्ट दुवईमा खरीदका लागि उपलब्ध छन् । 

उनले घरजग्गा खरिद गर्नको लागि नेपाल सरकारले सजिलै स्वीकृती दिइरहेको बताए । अहिलेसम्म कयौं नेपाली ग्राहकले केन्द्रीय बैंकबाट दुवईमा घर तथा अपार्टमेन्ट किन्नका लागि स्वीकृति लिइसकेको दावी गरे ।

राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले विदेशै हुँदा कमाएको पैसाबाट त्यहाँ बसुन्जेल प्रयोगका लागि सम्पति जोड्न पाइने भएपनि नेपाल फर्किएको ३५ दिनभित्र बेचेर ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको बताए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले कानुनमा विदेशमा नेपालीले घरजग्गा किन्न नपाउने स्पष्ट व्यवस्था भएकाले कसैलाई स्वीकृति नदिएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।