logo

दुवईको घरजग्गा मेला काठमाडौंमा, कानुन विपरित सयौं नेपाली दुवईमा घर, अपार्टमेन्ट खरिद गर्दै 

    2306   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार– कानुनले नेपालीलाई बिदेशमा सम्पती खरिद गर्न दिदैन तर तीन दिनदेखि दुवईको घरजग्गा मेला दरवारमार्ग स्थित पाँचतारे होटल डेला अन्नपूर्णको ‘ब्याकेट हल’ मा जारी छ ।  

कम्पनीले अघिल्लो पटक पनि राजधानीको ह्यात होटलमा यस्तै मेलाको आयोजना गरेको थियो ।  

डम्याक कम्पनीको एकोया अक्सिजन नामक रियलस्टेट कारोबार गर्ने संस्थाले दुवईको अपार्टमेन्ट र इन्डिभिज्युल होम(भिल्ला) बिक्रीका लागि मेला गरिरहेको छ । शुक्रवार देखी जारी मेला आइतबारसम्म चल्नेछ ।  

आयोजकका अनुसार सयौं नेपाली नागरिकहरुले दुवईमा बस्न र लगानीका लागि अपार्टमेन्ट र भिल्ला बुकिङ गरिसकेका छन । अहिले कम्पनीले  ६ लाख रुपैयामा धमाधम प्रि-बुकिङ लिइरहेको छ । 

एक एजेन्टका अनुसार ह्यात होटलमा वान टु वान’ मार्के्टिङ गरेर दर्जनौं घररअपार्टमेन्टहरु नेपालीलाई बिक्री गरेको बताए । उनले अन्नपूर्णको कार्यक्रमबाट पनि दर्जन भन्दा बढी घर तथा अपार्टमेन्टका लागि बुकिङ आएको बताए । 

बुकिङ गराउनेलाई कम्पनीले निशुल्क दुवई स्थित घर अपार्टमेन्ट हेर्नका लागि लैजाने गरेको ति एजेण्टले बताए । उनका अनुसार एक करोड ८० लाख रुपैयाँदेखि १४ करोड रुपैयाँसम्मका घर अपार्टमेन्ट दुवईमा खरीदका लागि उपलब्ध छन् । 

उनले घरजग्गा खरिद गर्नको लागि नेपाल सरकारले सजिलै स्वीकृती दिइरहेको बताए । अहिलेसम्म कयौं नेपाली ग्राहकले केन्द्रीय बैंकबाट दुवईमा घर तथा अपार्टमेन्ट किन्नका लागि स्वीकृति लिइसकेको दावी गरे ।

राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले विदेशै हुँदा कमाएको पैसाबाट त्यहाँ बसुन्जेल प्रयोगका लागि सम्पति जोड्न पाइने भएपनि नेपाल फर्किएको ३५ दिनभित्र बेचेर ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको बताए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले कानुनमा विदेशमा नेपालीले घरजग्गा किन्न नपाउने स्पष्ट व्यवस्था भएकाले कसैलाई स्वीकृति नदिएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।