logo

सगरमाथा आरोही नाटोज कोषाध्यक्ष महर्जन सम्मानित

    1191   पटक पढिएको

२१ जेष्ठ / अर्थ र व्यापार- राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला आरोही कल्पना महर्जन र छोकी शेर्पालाई सम्मान गरेको छ । नाटोजले सोमबार काठमाडौं गार्डेन होममा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । पूर्व पर्यटनमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेलले खादा, माला र सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

आरोही महर्जनसँगै रोशा बस्नेत, रोजिता बज्राचार्य र देउराली चाम्लिङले प्रथम महिला सगरमाथा आरोहण २०१८ अभियानबाट एकै साथ सगरमाथाको सफल आरोहण गरेका हुन् । यस्तै शेर्पाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रवाह गर्ने अभियान लिएर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 

कार्यक्रममा पूर्व पर्यटनमन्त्री पोखरेलले सफल आरोही महर्जन र शेर्पाले सगरमाथा चढेर साहसिक काम महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको भन्दै बधाई ज्ञापन गरे । सगरमाथा संसारको पवित्रस्थल भएपनि पछिल्लो समय फोहरको समस्या जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले राज्य, निजी क्षेत्र, आरोही र स्थानीय बीचको समन्वयमार्फत समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले विभिन्न कीर्तिमानी कायम गर्ने क्रममा महिलाहरुले पनि सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु गौरबको विषय भएको बताए गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का अध्यक्ष कमल सापकोटाले पर्वतीय पर्यटन विकासमा महिलाहरुको अतुलनीय योगदान रहँदै आएको सन्दर्भमा महिला आरोहीहरुले सगरमाथा चढेर नयाँ आयम थपेकोमा बधाई ज्ञापन गरे । 

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले महिला पत्रकारहरुले पत्रकारिताको माध्यमबाट मात्रै नभएर सगरमाथा चढेर थप आफ्नो क्रियाशिलता प्रमाणित गरेको भन्दै बधाई ज्ञापन गरे । मुलुक सम्बृद्धितर्फ अघि बढिरहेको बेला पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता र क्रियाशिलता बढ्नु गौरबको विषय भएको पनि उनले बताए । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले विविध चुनौतिहरुको सामना गरेर सगरमाथा चुमेकोमा महिला आरोहीहरुलाई बधाई ज्ञापन गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकासमा सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए । 

नाटोजका अध्यक्ष शिव अधिकारी (अविरल)ले नाटोजले आफ्नो स्थापनाकालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको सन्दर्भमा कल्पना महर्जनले समग्र पर्यटन पत्रकारहरुको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्नु गौरबको विषय भएको बताए । संस्थाले विगतदेखि नै पर्यटन पत्रकारहरुको कामको उत्कृष्ठता र क्रियाशिलतालाई हेरेर सम्मान तथा प्रोत्साहनमूलक कार्य गर्दै आइरहेको बताउँदै उनले आगामी दिनमा यसलाई थप बढावा दिदै जाने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै नाटोजका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी आरोही कल्पना महर्जनले सगरमाथाको चुचुरोेमा पुग्दा संसार जितेको अनुभूति भएको बताउँदै आफ्नो अभियानमा साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिन् । उनले समग्रमा सबै आरोहीहरुको अनुभव मिल्दो जुल्दो भएको बताउँदै आधार शिविर क्षेत्रमा फोहरको डंगुर देख्दा आफुलाई सबैभन्दा बढि दुःख लागेको बताइन् । उनले अबका दिनमा आफ्नो ठाउँबाट सकेसम्म सगरमाथा सरसफाई अभियानमा जुट्ने प्रतिज्ञसमेत गरिन् । 

अर्की महिला आरोही छोकी शेर्पाले बुद्ध नेपालमा जन्मेको सत्यतालाई बंग्याएर विभिन्न भ्रम छर्ने काम भइरहेको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट त्यो भ्रम चिर्न सफल भएकोमा खुशी प्रकट गरिन् । सगरमाथा क्षेत्रमा विशेषगरी फोहरको समस्या देखिएको भन्दै उनले सबै मिलेर सफाई अभियान गर्नुपर्नेमा जोड दिइन् । 

सो अवसरमा नाटोजले सल्लाहकार मनोनित गरेको थियो । नाटोजको सल्लाहकारमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, पर्यटन व्यवसायी मनोजकुमार श्रेष्ठ भँडेल, रामशरण कार्की, छेटुप तामाङ र पत्रकार सरदराज सुवेदीलाई मनोनित गरिएको हो । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियालाई कानुनी सल्लाहकार र माधव प्रकाश सुवेदीलाई आर्थिक सल्लाहकारमा मनोनित गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।