logo

कालिकोटको पलाता गाँउपलिकामा आगलागी , क्षतिको विवरण आउन बाँकी

    1493   पटक पढिएको

९ पुस अर्थ र व्यापार - कालीकोटको पलाता गाउँपालिका–  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति र्पुयाएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो । त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ, तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।