logo

कालिकोटको पलाता गाँउपलिकामा आगलागी , क्षतिको विवरण आउन बाँकी

    1306   पटक पढिएको

९ पुस अर्थ र व्यापार - कालीकोटको पलाता गाउँपालिका–  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति र्पुयाएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो । त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ, तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।