logo

कालिका कन्ट्रक्सन कम्पनी सम्मानित, नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण

    1612   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार -  कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ । इनरुवा नगरपालिका स्थित विभिन्न सडक, सौर्यबत्ती, नबनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित सघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाइले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समयअगावै संरचना बनाएको भन्दै सम्मान समेत गरिएको थियो । अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाए पछि सरकारले सम्मान गरेको हो ।केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समय अगावै काम सक्ने निर्माण व्यवासयीलाई सरकारले सम्मान गर्ने बताएका थिए । सोही अनुसार सरकारले कालिकालाई सम्मान गरेको हो ।

कालिकाले बसपार्कको दुइ तले टर्मिनल भवन, २३० ओटा सडक सौर्यवत्ती, जेनेरेटर परिसरमा निर्मित संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको प्रसाइले बताए । बसपार्कसहित १ अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा उक्त संरचना बनाइएको हो । यात्रु प्रतिक्षालय, होटल, खानेपानीको व्यवस्था, सीसी क्यामेरा जडान लगायतका अन्य संरचना समेत बनेका छन् ।इनरुवा बसपार्क र सडक लगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको गत बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । त्यस्तै, शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।

बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनी पक्षको भनाइ छ । नवनिर्मित उक्त बसपार्क अपाङगमैत्री रहेको छ ।नयाँ वस्ती बसाउनका निमित्त पनि व्यवस्थित बसपार्क सञ्चालनमा आउनुपर्ने आवश्यकता रहेको इनरुवा नगरपालिकाका प्रमुख स्थानीयले जनाएको छन् । शहरी बिकास मन्त्री राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमूना र छिटो सम्पन्न भएको योजनामा परेको भन्दै नगरका अन्य भौतिक पूर्वाधार र संरचना निर्माणमा सहयोगको प्रतिवद्धता जनाएका छन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।