logo

झापामा ४ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल, अब धाउनुपर्दैन काठमाडौं-भारत

    1523   पटक पढिएको

 १७ पुष / अर्थ र व्यापार - करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताला संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पुर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो ।

बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।

अत्याधुनिक उपकरण सहित बी एण्ड सी टिचिङ अस्पताल परिसरभित्रै अस्पताल संचालनमा ल्याईएको हो । सुरुवाती चरणमा अस्पताल १ सय शैया मात्र संचालामा ल्याईएको र फागुनबाट पूर्ण रुपमा ३ सय शैया संचालन आउने निर्दशक प्रसाईले जनाकारी दिए ।

अस्पतालमा रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार हुने उनले बताएका छन् । आफूहरुले संचालनमा ल्याएको मेसिनमध्ये टुयुबिम मेसिन र पेट सिटिस्क्यान नेपालमै पहिलोपल्ट संचालनमा ल्याईएको उनले दाबी गरे ।

अस्पताल पुर्ण रुपमा संचालनमा आउँदा १ हजार जनाले प्रत्यक्ष रोजगार पाउने प्रसाईले बताए ।अस्पातलको अध्यक्षमा ईन्दिरा गिरी, प्रमुख कार्यकारी अधिकृतमा डा.निराजन प्रसाई र मेडिकल डिरेक्टरमा क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द यादव रहेका छन् ।

भारतको मेदान्त अस्पतालमा ४ वर्ष काम गरेर फर्केका डा. विरेन्द्र यादवले अब पुर्वका क्यान्सर बिरामीहरुले भारत तथा काठमाडौंसम्म पनि धाएर दुख पाउनु नपर्न बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।