logo

झापामा ४ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल, अब धाउनुपर्दैन काठमाडौं-भारत

    1422   पटक पढिएको

 १७ पुष / अर्थ र व्यापार - करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताला संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पुर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो ।

बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।

अत्याधुनिक उपकरण सहित बी एण्ड सी टिचिङ अस्पताल परिसरभित्रै अस्पताल संचालनमा ल्याईएको हो । सुरुवाती चरणमा अस्पताल १ सय शैया मात्र संचालामा ल्याईएको र फागुनबाट पूर्ण रुपमा ३ सय शैया संचालन आउने निर्दशक प्रसाईले जनाकारी दिए ।

अस्पतालमा रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार हुने उनले बताएका छन् । आफूहरुले संचालनमा ल्याएको मेसिनमध्ये टुयुबिम मेसिन र पेट सिटिस्क्यान नेपालमै पहिलोपल्ट संचालनमा ल्याईएको उनले दाबी गरे ।

अस्पताल पुर्ण रुपमा संचालनमा आउँदा १ हजार जनाले प्रत्यक्ष रोजगार पाउने प्रसाईले बताए ।अस्पातलको अध्यक्षमा ईन्दिरा गिरी, प्रमुख कार्यकारी अधिकृतमा डा.निराजन प्रसाई र मेडिकल डिरेक्टरमा क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द यादव रहेका छन् ।

भारतको मेदान्त अस्पतालमा ४ वर्ष काम गरेर फर्केका डा. विरेन्द्र यादवले अब पुर्वका क्यान्सर बिरामीहरुले भारत तथा काठमाडौंसम्म पनि धाएर दुख पाउनु नपर्न बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।