logo

विद्युत प्राधिकरणद्वारा जनमैत्री हस्पिटलको विद्युत् वक्यौता असुल 

    1694   पटक पढिएको

१९ जेठ /अर्थ र व्यापार - बालाजुस्थित जनमैत्री हस्पिटलको विद्युत् वक्यौता नेपाल विद्युत प्राधिकरणले  असुल गरेको छ । प्राधिकरणको वालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ वक्यौता असुल गरेको हो । महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन ०७३ वैशाखमा काटेको थियो। प्राधिकरणले ०७३ माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो ।

त्यतिवेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो। प्राधिकरणका अनुसार २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपैयाँ पुगेको थियो ।बालाजु वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको र बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ । आधा वक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने रेग्मीले जानकारी दिए ।

केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा  कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपैयाँ असुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटेर एक करोड ६ लाख २५ हजार रुपैयाँ असुल गरिएको प्रमुख रेग्मीले बताए । उनले बिजुली चोरी गर्ने एक सय पाँच जनालाई कारबाही गरी १२ लाख ९६ हजार असुल गरिएको जानकारी दिए । केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् । केन्द्रले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिको छत्रेदेउराली सम्म सेवा दिंदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार पोलहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सफर्मरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । प्राधिकरणले ०७४को साउनबाट केन्द्र संचालनमा ल्याएको हो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।