logo

जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु, आगामी पुसबाट सञ्चालनमा आउने 

    1772   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ । 
बुधबार जयनगरदेखि–खजुरी करिव ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भैरहेको छ । यसपछि बाँकी  सबै खण्डको परीक्षण गरिने रेल विभागले जनाएको छ ।

रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेज रेलमार्ग विछ्याउने काम करिव अन्तिम अवस्थामा पुगेको छ । भारतको १० अर्ब रुपैयाँ सहयोगमा यो खण्डको रेलमार्ग निर्मांण भैरहेको छ ।

जनकपुर–जयनगर ३५ किलोमिटर लामो रेलमार्ग आगामी पुसबाट सञ्चालन गर्ने रेल विभागको तयारी छ । 

निर्माणाधीन रेलमार्ग ब्रोड गेज भएकाले भारतबाट चालक र व्रोडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने गरी तयारी भैरहेको रेल विभागले जनाएको छ । रेल करिव डेढ बर्षका लागि लिजमा लिन लागिएको बिभागले जनाएको छ ।  

विभागका अनुसार डेढ बर्षमा नेपाली प्राविधिकहरु रेल चलाउनका लागि दक्ष हुने र नेपालले आफै डब्बा किनेपछि आफ्नै रेल सञ्चालनमा आउने छ ।

१० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ । निर्माणाधीन रेलमाग वेट लिज मोडलमा सञ्चालन गर्न लागिएको हो ।

रेलको डिब्बा किन्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस वर्ष बजेटमा ५० करोड रुपैयाँ मात्रै सरकारले छुट्टयाएपछी विभागले भारतसँग भाडामा लिएर रेल चलाउने तयारी गरेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।