logo

जडीबुटीको ‘अण्डर पास’ निर्माणमा सरकारको चासो

    1241   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो । केही समयपहिले मात्रै जाइकाका उच्चपदस्थ पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको मन्त्रालयले जनाएको छ । जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए । जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए ।

सरकारले आगामी वर्ष बजेटमा ‘अण्डरपास’ निर्माणका लागि रकम विनियोजन गरेको केही दिनपहिले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए थियो । कलङ्कीमा माथिल्लो भाग खुल्ला ‘अण्डरपास’ रहेकामा यस स्थानमा ढाकिएको (कभर) अण्डरपास निर्माण गर्ने मन्त्रालयले बताउँदै आएको छ । 

जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने मन्त्री महासेठको भनाइ थियो । अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्शन सञ्चालनमा ल्याएको छ । तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन शुरु गरेको थियो । डाइभर्शन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधन मनोहरा करिडोर हुँदै बालकुमारी जाने गरेका छन् । यसले गर्दा यस क्षेत्रको जाम केही मात्रामा कम भइरहेको मन्त्रालयले जनाएको छ ।

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक  नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण शुरु भएको छ । जडीबुटी चोकबाट ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि यो पुल निर्माणपछि सहयोग पुग्ने बताइएको छ । अरनिको राजमार्गमा ट्रापिक डाइभर्शनबाट ललितपुरतर्फ जाने सवारीसाधन मनोहरा करिडोरतर्फ मोड्ने गरिए पनि आँखा अस्पताल अगाडि कम चौडाइको पुल थियो । जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक सोही पुलमा घण्टौँसम्म जाम पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ । यसै वर्षबाट नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’बाट निर्माण शुरु हुँदैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।