logo

जडीबुटीको ‘अण्डर पास’ निर्माणमा सरकारको चासो

    1127   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो । केही समयपहिले मात्रै जाइकाका उच्चपदस्थ पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको मन्त्रालयले जनाएको छ । जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए । जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए ।

सरकारले आगामी वर्ष बजेटमा ‘अण्डरपास’ निर्माणका लागि रकम विनियोजन गरेको केही दिनपहिले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए थियो । कलङ्कीमा माथिल्लो भाग खुल्ला ‘अण्डरपास’ रहेकामा यस स्थानमा ढाकिएको (कभर) अण्डरपास निर्माण गर्ने मन्त्रालयले बताउँदै आएको छ । 

जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने मन्त्री महासेठको भनाइ थियो । अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्शन सञ्चालनमा ल्याएको छ । तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन शुरु गरेको थियो । डाइभर्शन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधन मनोहरा करिडोर हुँदै बालकुमारी जाने गरेका छन् । यसले गर्दा यस क्षेत्रको जाम केही मात्रामा कम भइरहेको मन्त्रालयले जनाएको छ ।

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक  नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण शुरु भएको छ । जडीबुटी चोकबाट ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि यो पुल निर्माणपछि सहयोग पुग्ने बताइएको छ । अरनिको राजमार्गमा ट्रापिक डाइभर्शनबाट ललितपुरतर्फ जाने सवारीसाधन मनोहरा करिडोरतर्फ मोड्ने गरिए पनि आँखा अस्पताल अगाडि कम चौडाइको पुल थियो । जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक सोही पुलमा घण्टौँसम्म जाम पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ । यसै वर्षबाट नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’बाट निर्माण शुरु हुँदैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।