logo

धितोपत्र बोर्डमा अन्तर्वार्ता, अन्तिम सूचीका पाँचमध्ये तीन सिफारिस हुँदै, को होलान् अध्यक्ष ?

    1301   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सोमबार अन्तर्वार्ता हुने भएको छ । छनोटमा परेका पाँचजना उम्मेदवारको सोमबार अन्तर्वार्ता हुने भएको हो । 

आकांक्षीहरूसँग समितिले सोमबार २ बजेदेखि अन्तर्वार्ता लिने भएको छ । अध्यक्ष चयनका लागि गठित छनोट समितिले तीन जनालाई छनोट गर्ने छ । छनोटमा परेकाहरूको नाम समितिले सरकार समक्ष सिफारिस गर्ने छ । समितिले सिफारिस गरेका मध्येबाट एक जनालाई मन्त्री परिषद बैठकले अध्यक्षमा नियुक्त गर्नेछ । 

धितोपत्र बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका पूर्वमहाप्रबन्धक सिताराम थपलिया र डा. केशव श्रेष्ठ अन्तर्वार्ता लागि छनोटमा परेका छन्। योग्य उम्मेदवारहरू चयन गरेन नाम सिफारिस गर्न अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल नेतृत्वको छनोट समिति गठन गरेको छ । समितिमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।