७ असार / अर्थ र व्यापार- चौंथो अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर नेपाल योग एशोशियसन र लायन्स क्लव अफ स्पिरिचुयल काठमाडौंको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा योगगुरुहरु डा.चिन्तामणि गौतम र डा.सुवोध सिम्खडाले योग गराएका थिए । कार्यक्रममा पचास जना विदेशी र सय जनाको संख्यामा नेपालीहरु उपस्थित थिए ।
कार्यक्रममा उपस्थित स्वदेशी र विदेशीहरुले योग गर्नुका साथै मन्त्रोचारण समेत गरेका थिए । नेपाल योग एशोशियसनले वर्षेनी योग दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । “नेपाललाई योगको केन्द्रको रुपमा विश्वभर प्रचार–प्रसार गर्ने उद्देश्यले योग एशोशियसनले योग दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ”–एशोशियसनका उपाध्यक्ष अञ्जन थापा (कुमार) ले वताए । साथै आज देशभर विभिन्न कार्यक्रम गरि योग दिवस मनाईने थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया