२५ साउन / अर्थ र व्यापार – उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ट सूचना र परामर्श दिने उदेश्यले काठमाडौंमा दुई दिने ‘इन्टरनेशनल एजुकेसन फेयर’ आयोजना हुने भएको छ । साउन ३२ देखि भदौ १ गतेसम्म काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने फेयरमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, बेलायत लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सूचना र परामर्श दिइने छ ।
नेपालका अग्रणी परामर्शदाताहरुको संस्था ‘आइरिन’ र अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिने परामर्शदाताहरुको संस्था ‘नायर’ को संयुक्त आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा यो फेयर हुन लागेको हो । विश्वका विभिन्न देशका उत्कृष्ट विश्वविद्यालयका काठमाडौंस्थित प्रतिनिधिहरु सहभागी हुने यो मेलामा उनीहरुले ती कलेज तथा विश्वविद्यालयमा उपलब्ध छात्रवृत्ति तथा अवसरहरुका विषयमा जानकारी दिने छ ।
तपाईको प्रतिक्रिया