logo

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चियो

    1582   पटक पढिएको

८माघ /अर्थ र व्यापार - उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा लगानी गर्ने प्रतिवद्धता गर्दै उद्योग विभागमा २ सय ६८ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग थपिने क्रम बढेको छ । तर, उद्योग बढे पनि लगानी भने घटेको छ । खुद्रे लगानी आएकाले उद्योग बढे पनि लगानी घटेको हो । सबैभन्दा बढी लगानीको प्रस्ताब उत्पादनमूलक क्षेत्रमा आएको छ । त्यसपछि क्रमशः उर्जा, सेवा, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, कृषि तथा वनजन्य, निर्माण क्षेत्रमा लगानीको प्रतिवद्धता आएको हो ।

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् । उत्पादनमूलक क्षेत्रमा ६ अर्ब १ करोड ९१ लाख लगानी गरेका छन् भने त्यसपछि क्रमशः उर्जामूलकमा २ अर्ब १ करोड ११ लाख, सेवामूलकमा ६ करोड १५ लाख, पर्यटनमा ५ करोड ९६ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा २ करोड ४० लाख, कृषि तथा वनजन्यमा १ करोड १ लाख, निर्माण क्षेत्रमा ६६ लाख रुपैयाँ बराबरको रकम लगानीको प्रतिवद्धता आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा भएको लगानी प्रस्तावको तुलनामा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४ अर्ब रुपैयाँले कमी हो । गत आवको यसै अवधिमा २ सय ३५ वटा उद्योगमा १३ अर्ब ६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रस्ताव आएको थियो । 
उत्पादमुलक क्षेत्रमा ११ अर्ब ७७ करोड, उर्जामा १ अर्ब २ करोड ५९ लाख, पर्यटनमा ८ करोड २३ लाख, सेवामूलकमा ३ करोड १८ लाख, निर्माणमा १ करोड ४ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधि ६७ लाख, कृषिजन्यमा १४ लाख र उत्पादन क्षेत्रमा ९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६८ वटा भएका छन् । जुन पछिल्लो आवको सोहि अवधिको तुलनामा ३३ वटाले बढी हो । पछिल्लो आवको सोहि समयमा कुल २३५ वटा उधोग दर्ता भएका थिए । संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।