logo

उद्योगमन्त्रीले व्यवसायीलाई भने -“प्याज रोप्नुहोस्”

    1185   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सबै क्षेत्रमा चोर प्रवृति रहेको आरोप लगाउँदै उद्योग व्यवसाय क्षेत्रमा समेत रहेको जिकिर गरेका छन्।

वीरगंजमा बुधबार आयोजित भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले भने, ‘चोरहरू जहाँ पनि हुन्छ, पश्चिमको केही चोरले व्यवसायीलाई किसानलाई ठगेका छन्, उनीहरुको लिस्ट तयार भइरहेको छ । चोरलाई छुट हुँदैन, तपाइँहरू पनि सच्चिनुस।’ उनले गुणस्तरीय सामान उत्पादन गरेर उपभोक्तासम्म र्पुयाउन आग्रह गर्दै गुणस्तरहीन उत्पादन गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिए।

उद्योग मन्त्री भट्टले वीरगंजका व्यवसायीलाई प्याज रोप्न सुझाव पनि दिए। उनले भारतले निकासी प्रतिबन्ध गरेपछि प्याजको भाउ आकासिएको र चीनबाट आयातित प्याजले पनि नेपालको बजारको मागलाई धान्न नसकेको भन्दै नेपालमा हरेक किसानले प्याज रोप्ने बेला आएको बताए।

‘सबै कुरा छाडेर अहिले प्याज रोप्ने बेला आएको छ, तपाईहरू पनि रोप्नुस् र किसानहरूलाई पनि अभिप्रेरित गर्नुस्,’ उनले सुझाव दिँदै भने,‘उत्पादित प्याजलाई बजार दिने र भारत निर्यात गर्ने वातावरण सरकारले बनाउँछ।’ उद्योग राज्यमन्त्री मोतीलाल दुगडले समस्या पोख्ने दिन गएको र अब सरकारले केही परिवर्तन महसुस गराउने दाबी गरे। ‘सम्मान कार्यक्रम तर पीडा नै पीडा पोखिएको छ,’ उनले भने, ’उद्योगी व्यवसायीले अब पीडा पोख्ने समय गयो।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।