५ भदौ / अर्थ र व्यापार – बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा भारतबाट आयातित तरकारी लाई क्रमश विस्थापित गर्दै स्वदेशबाट उत्पादित तरकारी बिक्री हुन थालेको छ । स्वदेशमै उत्पादन भएको ६० लाख रुपैयाँको तरकारी बिक्री हुन थालेको छ ।
यो बजारमा दैनिक दुई करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुन्छ । प्याज लगायतका केही सुख्खा तरकारी मात्रै भारतमा निर्भर छ ।यो बाहेक केन्द्रमा आउने सबै तरकारी स्वदेशकै हुने गरेको छ ।
बुटवलमा बिक्री हुने तरकारी सल्यान जिल्लाको कपुरकोट र धादिङ, पाल्पा र रुपन्देहीको मर्चवार क्षेत्रबाट आउने गरेको छ । यो बजारमा दैनिक दुई करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुन्छ । केन्द्रबाट मुलुकका विभिन्न स्थानमा तरकारी जाने गरेको छ ।
तपाईको प्रतिक्रिया