logo

आयात घट्दाको असरः राजस्वको लक्ष्य भेटाउन मुस्किल, ८६ अर्ब रुपैयाँ अपुग

    1084   पटक पढिएको

९ पौष / अर्थ र व्यापार - आयात घट्दाको असर सरकारको राजस्वमा परेको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुनैपनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

मंसिर मसान्तसम्ममा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । मंसिर मसान्तसम्ममा ३ खर्ब १६ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

मंसिर मसान्तसम्ममा सरकारले लक्ष्य लिएको भन्दा ८६ अर्ब रुपैयाँ राजस्व संकलन कम भएको छ ।
महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्ने हो भने सरकारलाई आयात हुने वस्तुबाट प्राप्त हुने राजस्व लक्ष्यभन्दा निकै नै कम छ ।

सरकारले भन्सार राजस्व अन्तर्गत मंसिर मसान्तसम्ममा ९३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ६५ अर्ब ७ करोड रुपैयाँ मात्र संकलन भएको छ । भन्सारमा सरकारले आयात भएका वस्तुबाट ८२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ५७ अर्ब ८६ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

यस्तै मूल्य अभिबृद्धि कर (भ्याट)तर्फ सरकारले १ खर्ब ३२ अर्ब रुपैयाँको लक्ष्य लिएकोमा १ खर्ब ५ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । भ्याटमा आन्तरिकतर्फ लक्ष्य करिब पूरा भएको देखिए पनि आयात हुने वस्तुबाट उठ्नुपर्ने भ्याटको लक्ष्य पूरा भएको छैन । आन्तरिकतर्फ ४५ अर्बको लक्ष्य रहेकोमा ४३ अर्ब रुपैयाँ उठेको छ । तर आयातमा ८६ अर्ब ४८ करोड रुपैयाँको लक्ष्य राखेकोमा ६१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ ।

अन्तशुल्कतर्फ ९८ अर्ब ७३ करोड रुपैयाँ सरकारले लक्ष्य लिएकोमा ६९ अर्ब ४५ करोड मात्र संकलन भएको छ । जसमा आन्तरिकतर्फ ६२ अर्ब ७८ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा ४१ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

आयकरमा ६२ अर्ब ७३ करोड रुपैयाँ लक्ष्य राखेकोमा ५३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गैर करतर्फ ३४ अर्ब रुपैयाँको लक्ष्यमा २९ अर्ब रुपैयाँ मात्र उठेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।