१७ असार/अर्थ र व्यापार– आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच शंखरापुरका किसानलाई बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार अब आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरपालिकाका किसानहरुको भौतिक सम्पत्ति, बालीनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने छन् ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे ।
नगर प्रमुख सुवर्ण श्रेष्ठले बीमा गरेपछि किसानहरुको भौतिक सम्पत्ति, बालीनाली,पशुपन्छी लगाएत कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरेको बताए ।
तपाईको प्रतिक्रिया