logo

सरकारद्वारा अनुमतिपत्रका शर्त पालना नगर्ने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव

    1394   पटक पढिएको

६ माघ /अर्थ र व्यापार  - सरकारले विद्युत उत्पादन तथा सर्वेक्षण अनुमतिपत्रका शर्त पालना नगर्ने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । हाल अनुमतिपत्र लिएर शर्त बमोजिम काम नगर्ने प्रवर्द्धकहरुको संख्या बाक्लो छ ।
यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकमा यस्ता प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गराउन प्रस्ताव गरिएको हो ।

अब यो ऐन जस्ताको तस्तै संशोधन भए झोलामा लाइसेन्स राखेर अनुचित लाभ लिने र अलपत्र छाड्ने प्रवर्द्धकहरुलाई सजिलो अवस्था रहने छैन । जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएका प्रबर्द्धकले तोकिएको समयमा काम नगर्ने र प्रगति प्रतिवेदन नबुझाउने समस्या ब्याप्त छ ।

विद्युत् विकास विभागले सूचनामार्फत तत्काल प्रगति प्रतिवेदन बुझाउन पटक(पटक निर्देशन दिने गर्छ । तर, काम नगरी बस्नेहरूले अटेरी गरिरहन्छन् । यस्ता प्रवर्द्धकलाई अहिले ५ हजारभन्दा बढी जरिवना गर्न सकिने अवस्था छैन ।आयोजनाको अनुमतिपत्र दिँदा विभिन्न शर्त राखिएका हुन्छन् । शर्त पालना नगर्नेलाई जरिवना गर्ने व्यवस्था खुकुलो हुँदा विभागलाई समस्या पर्ने गरेको छ । हरेक ६र६ महिनामा प्रबर्द्धकले प्रगति प्रतिवेदन विभागलाई बुझाउनुपर्ने छ ।

नियमअनुसार सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र सम्पूर्ण प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । तर, प्रबर्द्धकले विभागलाई नै अटेर गर्ने र आयोजनाको अवस्थाका बारेमा जानकारी नदिने क्रम बढेपछि नयाँ व्यवस्था गरिएको ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।अब कसैले अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेख भएका शर्तहरु पालन नगरी विद्युत उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएको अधिकारीले १० लाखसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्ने गरी  कानुन संशोधनको प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।