logo

होटल लुना काठमाडौं बुधवारदेखि सञ्चालनमा आउने

    3688   पटक पढिएको

२६ चैत्र / अर्थ र व्यापार- काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलमा भोली बुधवारदेखी होटल लुना काठमाडौं सञ्चालनमा आउने भएको छ । होटल संगै लुना रेष्टुरेण्ट एण्ड वार पनि सञ्चालनमा आउन लागेको हो ।

२६ वटा रुम रहेको होटलमा एकैपटकमा दुई सय जना सम्मले खान बस्न मिल्ने रेष्टुरेण्ट समेत रहेको छ । ५ करोडको लगानीमा तीन जना युवाहरुले होटल सञ्चालनमा ल्याएका हुन । होटलका सञ्चालक मध्येका एक विजय अधिकारी गत १६ वर्षदेखि इटालीमा होटल म्यानेजमेण्टकै क्षेत्रमा कार्यरत थिए । “त्यहाँ सिकेको ज्ञान र सीप यहाँ प्रयोग गर्न खोजेको छु”–सञ्चालक अधिकारीले भने ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको होटलमा रुफ टप रेष्टुरेण्टका साथै लाईभ म्युजिकको समेत आनन्द लिन पाईनेछ । “सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसैलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हौं”–अर्का सञ्चालक देवी अम्गाईले वताए । होटलले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।