१९ असोज/अर्थ र व्यापार– कुमारी बैंकका ग्राहकहरुले अबदेखी होटल ल्याण्डमार्क अन्तर्गतका विभिन्न होटल र रिसोर्टहरूमा बिशेष छुट पाउने भएको छ।
कुमारी बैंक लिमिटेड र होटल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा तथा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको हो ।
कुमारी बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०५, विशेष प्याकेजहरुमा ५५ र खानपानमा १५५ सम्मको छुट पाउने छन् ।
यसका साथै कुमारी बैंकका ग्राहकहरुले यस ल्याण्डमार्क होटल समूह अन्तर्गतका होटेल र रिसोर्टहरूका अन्य मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि छुट तथा सहुलियत पाउनेछन्।
सम्झौता पश्चात यस समूह अन्तर्गतका होटेल, रिसोर्टहरुको बसाई, खानपान तथा अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ।
तपाईको प्रतिक्रिया