logo

होटल एभरेष्टद्वारा नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह

    1244   पटक पढिएको

२५ असार / अर्थ र व्यापार - होटल एभरेष्ट इन्टरनेशनल लिमिटेड बानेश्वरले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने होटल व्यवस्थापनले प्रष्ट पारेको छ । लगानीको विषयमा सञ्चालकबीच विवाद भएपछि ११६ कोठा, ३ रेस्टुराँ, १ बार र ३ साना ठूला हल भएको ३६ वर्ष पुरानो होटल ०७२ वैशाख १२ को भूकम्पलगत्तै देखि बन्द छ ।

होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो । सम्झौतामा बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषय उल्लेख छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।