logo

डाक्टर केसीको जीवनरक्षाको माग गर्दै देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा सेवा अवरुद्ध

    1060   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार – डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम नगर्ने भएका छन् । २४ दिन भैसक्दा पनि डाक्टर केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेकमा कक्षमा काम नगर्ने घोषणा गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिए । 

डा. केसीका बारेमा सरकार गम्भीर भएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको उनको भनाई छ । २४ दिनदेखि अनसनमा रहेका डाक्टर केसीको उपचारमा संलग्न डाक्टरले उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भने पनि केसीले आईसीयूमा भर्ना हुन मानेका छैनन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ । 

यसैबीच अनसन तत्काल तोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डाक्टर केसीलाई आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डाक्टर केसीसँग आग्रह गर्नुभयो । डाक्टर केसी र विज्ञसँगको छलफलपछि नै डाक्टर केसीको माग अनुसार विधेयक तयार गरिएको उनले दाबी गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।