२६ माघ / अर्थ र व्यापार - मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई उक्त सम्मान प्रदान गरेको हो ।
विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन् ।
सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरिन् । उनले अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको बताइन् ।
खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् ।
तपाईको प्रतिक्रिया