logo

सरकारी निकायको काम कारबाहीबारे जन गुनासो सुन्ने सरकारी संयन्त्र हेल्लो सरकार प्रभावकारी बनाइदैं

    1193   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - सरकारी निकायको काम कारबाहीबारे जन गुनासो सुन्ने सरकारी संयन्त्र प्रभावकारीे बनाउन सरकारले प्रदेश ३ मा तालिम सञ्चालन गर्ने भएको छ । स्थानीय सरकारको सुशासन प्रबद्र्धनमा सहयोग पुर्याउन भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश ३ का सबै स्थानीय तह र जिल्ला समन्वय समितिका गुनासो सुन्ने अधिकारीलाई तालिम दिन लागेको हो ।

मन्त्रालयलका अनुसार माघ २४ र २९ गते गरी दुई चरणमा प्रदेश ३ का १३ जिल्लाका सूचना प्रविधि अधिकारी र प्रशासन फाँटका कम्प्युटर चलाउन जान्ने कर्मचारीका लागि तालिम सञ्चालन हुनेछ । पहिलो चरणको तालिम माघ २४ गते हुने र त्यसमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ६५ कर्मचारी सहभागी हुने छन् ।

यो तालिम मन्त्रालयको सभाहलमा सञ्चालन गरिने छ । त्यस्तै दोस्रो चरणको तालिममा प्रदेश तीनका उपत्यका बाहिरका १० जिल्लाका करिब २२० कर्मचारी सहभागी हुने मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति काभ्रेको सभाहलमा माघ २९ गतेका लागि दोस्रो चरणकोे तालिम मिति तय भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका सातै प्रदेशका सरकारी निकायको हेल्लो सरकार तथा सामाजिक सञ्जालको प्रभावकारी सञ्चालनका लागि उक्त तालिम सञ्चालन गर्न लागेको बताएको छ । हेल्लो सरकार तथा समाजिक सञ्जालको माध्यमबाट सरकारी काम कारबाहीको प्रभावकारीता तथा जनताको गुनासो सुनेर सिघ्र व्यवस्थापनका लागि तालिम महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ । चरणबद्ध रुपमा देशका सबै प्रदेशमा तालिमका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

हेल्लो सरकार अन्र्तगत नागरिकले फेसबुक, ट्वीटर, भाइबर लगायतका सामाजिक सञ्जाल तथा फोनबाट सरकारी काम कारबाही तथा आफ्ना समस्या व्यक्त गर्न सक्नेछन् भने सरकारी संयन्त्रले पनि जनगुनासो समाधानमा प्रभावकारी भूमिका साजिक सञ्जालबाटै देखाउने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।