४ असार / अर्थ र व्यापार - मजदुर युनियनको हड्तालका कारण बन्द भएको तारागाउँ रिजेन्सी होटल्स बुधबारबाट सुचारु भएको छ । मजदुरको माग संवोधन गर्ने बिषयमा छलफल गरिने भएपछि होटल खुलेको हो । प्रत्येक दुई बर्षमा नौं प्रतिशतका दरले तलब बढाउने सहमति भएको स्रोतले बतायो । होटल खोल्ने बिषयमा मंगलबार साँझ नै सहमति भएको थियो ।
होटल खुलेसँगै बुधबारबाट रिजर्भेसन सुरु भएको छ । होटलमा पाहुनाहरु बिहीबारबाट आउने स्रोतले जनायो । होटल्सले गत जेठ ३० गतेदेखि गैरकानुनी हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको जनाएको थियो ।
होटलले आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिती भएकाले रिजर्भेसन समेत बन्द गरिएको थियो । व्यवस्थापनका अनुसार होटलमा कार्यरत १ देखि ४ तहसम्मका कामदार हड्तालमा उत्रिएका थिए ।
तपाईको प्रतिक्रिया