logo

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा नयाँ पुल शिलन्यास

    1812   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - मध्यपुरथिमी नगरपालिका वडा नं. ४ थिमी र सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको सोमबार प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भैरहेको जानकारी दिनुभयो । भक्तपुरका नागरिकले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उहाँले विकासको विरोध गर्नेहरु आफै सकिँदै जाने टिप्पणी गर्नुभयो । 

विकासमा सके साथ दिने नसके विरोध नगर्ने प्रवृत्तिको विकास हुनुपर्नेमा जोड दिँदै नागरिकले जनप्रतिनिधि भएको आभाष हुनेगरस् विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेको सांसद बस्नेतको भनाई थियो । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उहाँको भनाई थियो । 

समयमै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारलाई सम्मान गर्ने र काम ढिला गर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै उहाँले यो पुल र हनुमन्ते करिडोर निर्माण भएलगत्तै यहाँ हुने जामको समस्या समाधान हुने बताउनुभयो । हनुमन्ते करिडोर निर्माण कार्य सुरु भएको र यो सम्पन्न भएलगत्तै अरनिको राजमार्गमा हुने सडक जामको अन्त्य हुने दावी गर्दै सांसद बस्नेतले ९ वटा पुल र साँगामा उपत्यकाकै ठूलो झोलुङ्गे पुल २ करोड ४० लाखको लागतमा निर्माण हुने, सिपाडोलमा बञ्जी जम्प निर्माण कार्यलाई समेत अगाडि बढाएको बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।