logo

सरकारी राजस्वमा ३२.६ प्रतिशतको बृद्धि

    2144   पटक पढिएको


२ असार / अर्थ र व्यापार - चालू आर्थिक वर्षको १० महिनामा सरकारी राजस्व ३२ दशमलव ६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तुलनामा दर्ता शुल्क, भन्सार, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरू उच्च दरले बढेपछि कुल सरकारी राजस्व बढेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको १० महिनाको आर्थिक प्रतिवेदनमा यस्तो देखिएको हो । १० महिनाको अवधिमा सरकार कुल रू. ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा रू. ३ खर्ब ५० अर्ब कुल राजस्व संकलन भएको थियो ।

संकलित राजस्वमा सबैभन्दा धेरै हिस्सा मूल्य अभिवृद्धि करको छ । मूल्य अभिवृद्धि करबाट १० महिनामा रू. १ खर्ब ३० अर्ब राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव ९ प्रतिशत बढी हो । त्यसैगरी, सो अवधिमा आयकरबापत रू. १ खर्ब १ अर्ब राजस्व संकलन भएको छ जुन गत आवको १० महिनाको तुलनामा १४ दशमलव ८ प्रतिशत बढी हो । यसले कुल राजस्वमा २१ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको छ । आर्थिक वर्ष ०७३÷७४ को १० महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५९ अर्ब ९१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत रु. ६४ अर्ब ८२ करोड रहेको थियो ।

सो १० महिनाको अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ दशमलव ७ प्रतिशत वृद्धि भई रू. ४ खर्ब ७८ अर्ब ६३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रू. ३ खर्ब ३३ अर्ब १४ करोड पुगेको थियो । १० महिनाको अवधिमा चालू खर्च ४३ दशमलव २ प्रतिशतले बढेर रू. ३ खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रू. २ खर्ब ४० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च रु. ९० अर्ब २४ करोड पुगेको छ । गत आर्थिक वर्ष यस्तो खर्च रू. ४२ अर्ब ९९ करोड रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।