१८ पुस /अर्थ र व्यापार - दुई सातामा सरकारको साधारण खर्च अस्वभाविक बृद्धि भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार, तैपनि सरकार अझै १६६ अर्ब रुपैयाँ बचतमा गएको छ । सरकारले स्थानीय निकायलाई दिएको बजेटमध्ये बैंकहरुलाई ४८ अर्ब ५५ करोड रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न दिएको छ ।
यसबीचमा सरकारले ३२७ अर्ब ५२ करोड रुपैयाँ राजश्व उठाएको छ । दुई साताअघि राजश्व ३०६ अर्ब रुपैयाँ थियो । गैरकर राजश्व २६ करोड रुपैयाँ उठेको छ । सरकारले बिकास खर्च भने जम्मा ३९ अर्ब ३१ करोड रुपैयाँ मात्र गर्न सकेको छ । दुई साताअघि साढे ३२ अर्ब विकास खर्च थियो । यस अवधिमा विकास खर्चको हिस्सा थोरैले बढेपनि साधारण खर्च भने उच्च दरले बढेको छ ।
मंसिर २९ मा साधारण खर्च २१२ अर्ब ८८ करोड रुपैयाँ थियो । अहिले बढेर २४६ अर्ब ६३ करोड पूगेको छ ।
वित्तीय ब्यवस्थापनतिरको खर्च १७ अर्ब ७३ करोडबट बढेर २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । साधारण खर्च उच्च दरले बढेका कारण कुल खर्चमा पनि फराकिलो अन्तर देखिएको छ । दुई साताअघि २६३ अर्ब १८ करोड रुपैयाँ कुल खर्च थियो। अहिले ३०६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया