११ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले सरकारको पाँच बर्षे विकास ऋणपत्र २०७९ “ग“ को बोलकबोल बिक्री खुल्ला गरेको छ । निक्षेप तान्न बैंकहरुबीच ब्याजदर बृद्धिको होड चलिरहँदा राष्ट्र बैंकले असार १३ गते दिउँसो ३ बजे बोलकबोलद्वारा ऋणपत्र बेच्न लागको हो ।
ऋणपत्रको बोलकबोलमा “क“ “ख“ र “ग“ वर्गका बैंक तथा बित्तिय संस्था, गैर बैंक तथा बित्तिय संस्था, बीमा कम्पनी तथा आम नेपाली नागरीकहरुले भाग लिन पाउने छ । बजारमा ब्याज बढाउने होड चलि रहेको बेला राष्ट्र बैंकले भने कम ब्याजदर माग गर्नेलाई ऋणपत्र बिक्री गर्नेछ ।
ऋणपत्र खरिद गर्न चाहनेले असार १३ गते अपरान्ह ३ बजे भित्र बैंकको वेब साइट मार्फत अनलाइन बोलकबोल गर्न सक्ने छ । ऋणपत्रको अवधि पाँच बर्षको रहनेछ र बीचमा धितो राखेर कर्जा पनि लिन सकिन्छ ।
तपाईको प्रतिक्रिया