logo

आयाल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर, १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग

    1059   पटक पढिएको

२४ पुस /अर्थ र व्यापार  - अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयाल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खड्काले १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गर्दै मुद्दा हालिएको छ । 

खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा पापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसन्धानमा र्पुख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको छ । २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारले फेला पारेको छ । 

उनले घरजग्गा खरिदमा ११ करोड ६१ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । यसैगरी व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड१७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ पनि खर्च भएको अख्तियारले फेला पारेको छ । 
खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार रुपैयाँ खर्च गरेको पनि भेटिएको छ । विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा २ करोड ७१ लाख ५३ हजारसमेत गरी २५ करोड २८ लाख भेट्टिएको छ । 

यसमध्ये उनको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र छ । १८ करोड ६६ लाख रुपैयाँको स्रोत खुलेको छैन । यसलाई अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको आरोप अख्तियारको छ । अमिता लामा सोदेम्बाको नाममा जम्मा ७ करोड ५४ लाखको सम्पत्ति लुकाएको अख्तियारले फेला पारेको छ ।

खड्काले सिजी डेभलपर्सले निर्माण गरेको हात्तिगौडास्थित सिजी हिल्समा ३ करोड २५ लाखमा घर खरिद गरेका छन् । यसैगरी बूढानीलकण्ठमा ४० लाख ११ हजारको ८ आना जग्गा खरीद गरेको पनि भेटिएको छ । ८४ लाख ४६ हजारमा टक्सन गाडीसमेत खरीद गरेका छन् । सिजी डेभलपर्सले निर्माण गरेको ३ करोड पाँच लाख रुपैयाँको हाउजिङ खरीद गरेको पनि भेटिएको छ । अमिता लामाको नाममा रहेको एनएमबी  बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेकोसमेत भेटिएको छ । 

बुढानिलकण्ठमा रोडशो रियलस्टेट प्रालिले निर्माण गरेको घर खरिद गर्नको लागि बैना बापत ८९ लाख ८९ हजार भुक्तानी दिएकोसमेत भेटिएको छ । रोडशोले पत्रसहित यो रकम बराबरको गुड फर पेमेन्ट चेक अख्तियारमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ अदालतमा पेश गरिएको जनाइएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।