logo

सञ्चार मन्त्री बास्कोटा आफैँ टेलिकम सुधार गर्न सक्रिय 

    1181   पटक पढिएको

२३ मंसिर/ अर्थ र व्यापार - आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटा आफैं अघि सरेर जरिवाना तिराएका हुन् ।

नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेको भन्दै मन्त्री आफैं कारवाहीमा उत्रिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी परियोजना अघि बढाउन आवश्यक सबै निर्णय लिने अधिकार मन्त्रालयलाई दिएपछि बास्कोटा टेलिकम सुधार्न सक्रिय भएका हुन् । हुवाबेले सिडिएमए परियोजना २०११ मा शुरु गरेको थियो । नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सकिनुपर्ने थियो । तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय सुनाएको स्रोतले जनाएको छ ।

मन्त्री बास्कोटाले सो निर्णय सुनाएपछि केही समय अलमलमा परेको ठेकेदार कम्पनीलाई नेपाल टेलिकमका अन्य परियोजनामा पनि यस्तै अलमल गरेको भन्दै कालोसूचीमा राख्ने चेतावनी दिएपछि धमाधम काम अघि बढेको टेलिकम स्रोतले जनाएको छ । सिडिएमए परियोजनालाई अब फोरजी परियोजनामा समायोजन गर्न उनले निर्देशन दिएका छन् ।

हुवाबेले सिडिएमएका १८९ टावर ८ वर्षसम्म जडान नगरेपछि मन्त्री एक्सनमा उत्रिएको स्रोतले जनाएको छ । यसअघि राजनीतिक नेतृत्व,ठेकेदार र टेलिकम नेतृत्वबीच मिलेमतो हुँदा धेरै परियोजनाहरु वर्षौंसम्म सम्पन्न नहुने र उल्टै ठेकेदारले क्षतिपूर्ति माग्नेसम्मको अवस्था थियो । सन् २०१५ समा सक्नुपर्नै टुजी र थ्रीजी परियोजना अहिलेसम्म ७० प्रतिशतमात्र सम्पन्न भएको छ । मन्त्री बास्कोटाले ६ महिनाभित्र सो परियोजना सम्पन्न नगरे कारवाहीको चेतावनी दिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।