logo

संस्कृति, पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ४ जनाको टोलि भारत प्रस्थान

    1499   पटक पढिएको

१ माघ /अर्थ र व्यापार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी यतिबेला भारतको मुम्बईमा छन् । ‘ग्लोवल एभिएसन समिट २०१९’ मा सहभागी हुन त्यहाँ पुगेका उनले भारतीय अधिकारीसँग हवाईमार्ग प्रवेशविन्दुबारे साइडलाइन वार्ता गर्ने मन्त्रालय स्रोतले जनाएको छ । मंगलबारबाट सुरू भएको उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी सोमबार साँझ भारत प्रस्थान गरेका थिए । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएका छन् । 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमान प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो । सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेशविन्दुका लागि काठमाडौँदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो ।

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौँ-महेन्द्रनगर-दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ । यस्तै पूर्वतर्फ काठमाडौँ-जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो । 

अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर ४.३ अर्ब यात्रुले हवाई यात्रा गरेका छन् । यसबाट अघिल्लो वर्षको तुलनामा हवाईयात्रुको सङ्ख्यामा ६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
एशिया प्रशान्त क्षेत्रमा हवाई यात्रुको सङ्ख्यामा ७.३ प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो क्षेत्र संसारकै आन्तरिक हवाई यात्रुको सङ्ख्याको ४२ प्रतिशत हिस्सा ओगटी सर्वाधिक ठूलो आन्तरिक बजारको रुपमा विकसित भएको छ । भूपरिवेष्टित मुलुक भएकाले नेपालमा आउने सम्पूर्ण पर्यटक सङ्ख्याको ८० प्रतिशतभन्दा बढी पर्यटक हवाईमार्गबाटै आउने गरेका छन् । सन् १९४९ मा पहिलोपटक नेपालमा विमान अवतरण भएपश्चात् नेपालको उड्डयनको इतिहास प्रारम्भ भएको पाइन्छ । त्यसपछि नेपाल बाहिरी संसारसँग प्रत्यक्ष रुपमा जोडिन थाल्यो ।

सन् १९७८ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गठन भएपछि नागरिक उड्डयन विभागले यस मन्त्रालयअन्तर्गत सेवा दिँदै गर्दा पहिलो नागरिक उड्डयन नीति १९९३ र नागरिक उड्डयन ऐन १९९६ जारी भयो । तत्पश्चात् मूलुकमा एक स्वतन्त्र नियमक निकायको रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सन् १९९८ मा स्थापना भयो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।