logo

आर्थिक सम्वृद्धि अवको एजेण्डा रहेको उपराष्ट्रपति पुनको भनाई

टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड पाण्डेलाई

    2245   पटक पढिएको

३१ असोज / अर्थ र व्यापार- उपराष्ट्रपति नन्द बहादुर पुनले मुलुकको अवको मुख्य एजेण्डा आर्थिक सम्वृद्धि रहेको वताएका छन । गन्तव्य नेपाल न्युज डटकमको चौंथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुनले नेपालको पर्यटन क्षेत्रको अपेक्षाकृत विकास हुन नसक्नुमा राजनितिक र सामाजिक कारणहरु प्रमुख रहेको वताए । उनले स्थानिय निकायको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा अव प्रदेश र केन्द्रको निर्वाचन स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गर्नु आवश्यक रहेको र त्यसपछि बनने सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा हुनुपर्ने वताए । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपालको सबै गाउँहरु पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै सातवटै प्रदेशमा पर्यटकिय गन्तव्यहरु विकास गर्न आवश्यक रहेको वताए ।

पूर्व सांसद जगदिशनरसिंह केसीले मुलुकको भविष्यका विषयमा आशावादी हुनु आवश्यक भएपनि राजनीतिक अस्थिरताका कारण ढुक्क हुन नसकिएको वताए । नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले नेपाल घुम्ने पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि समय सापेक्ष हुन नसकेको भन्दै त्यसलाई पूर्ति गर्नका निम्ति राज्यस्तर बाट पहल गनुपर्ने बताए । गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपालले विगत डेढ दशक देखि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पर्यटन विकासका लागि केन्द्रिय स्तर बाट निश्चित लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताए ।

गन्तव्य नेपाल न्युज डटकमको चौंथो वार्षिकोत्सवको अवसरमा यसै वर्ष वाट प्रदान गर्न थालिएको टुरिजम लाईफटाईम एचिभमेण्ट अवार्ड पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं पर्यटन व्यवसायि सुमन पाण्डेलाई प्रदान गरियो । पत्रकार शरदराज सुवेदीको संयोजकत्वमा पत्रकारहरु मधुजंग पाण्डे र संगम बानिया सम्मिलित छनोट कमिटिले पाण्डेलाई छनोट गरेको हो । सम्मान ग्रहण गर्दै पाण्डेले आँफुसंग भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क राज्यको विकासमा लगाउन चाहेको वताए ।
सोही अवसरमा पर्यटन व्यवसायीहरु लोक प्रसाद दाहाल, अनिल लामा, चिरञ्जिवी भट्ट, राजेन्द्र अधिकारी, गिता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरी अधिकारी, राजन थापा र मोतिराम ढकाललाई पनि सम्मानित गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल टेलिभिजनका समाचार सम्पादक राजु सिलवाल, न्युज २४ टेलिभिजनका समाचार सम्पादक संगम बानियाँ, शिखरपोष्ट मिडियाका अध्यक्ष प्रकाश खालिङ, प्वाईन्ट मिडिया प्रा.लि. का अध्यक्ष नविन काफ्ले र फोटोग्राफर जनार्दन अर्याललाई पनि सम्मान गरियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।