logo

वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको निधन

    1311   पटक पढिएको

७ माघ/ अर्थ र व्यापार -  वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । मुनालले सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, गोपी, अविरल बग्दछ इन्द्रावती लगायतका चलचित्रमा अभिनय गरेका थिए  ।

उनले धेरै टेलिश्रृंखलामा पनि अभिनय गरेका छन् । २००७ सालमा जन्मेका मुनालको सोमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । मुनालले अभिनय गरेको डा. ध्रुबचन्द्र गौतमको उपन्यासमा आधारित अलिखित टेलिश्रृंखला सर्वाधिक रुचाइएको थियो ।   उनी काठमाण्डौ माहांकालमा बसोवास गर्दै आएका थिए । उनले अभिनय गरेको नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । उनले टेलिश्रृंखला तीतोसत्यमा लामो समय अभिनय गरेका थिए । 

पशुपति आर्यघाटमा विभिन्न चलचित्रकर्मीलगायत उहाँका शुभचिन्तकहरु श्रदाञ्जलि अर्पण गर्न पुगेका छन् । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।