logo

गण्डकीका मुख्यमन्त्री भन्छन्-’सुशासनका लागि सुधार जरूरी,’ अख्तियारले पठायो ६१ बुँदे सचेतपत्र 

    1314   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - राजनीतिक व्यवस्था फेरिए पनि त्यस अनुकूल कर्मचारीतन्त्रमा परिवर्तन आउन नसक्दा सुशासन र भ्रष्टाचार अन्त्यका लागि काम हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 

उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले अमेरिकी दुतावाससँगको सहकार्यमा मंगलबारबाट पोखरामा सुरू गरेको स्थानीय सरकारका पदाधिकारीका लागि सुशासनसम्बन्धि तीनदिने  तालिममा उनले  अब कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको बताए । 

’गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशहरूले ५० प्रतिशत हाराहारी बजेट पनि खर्च गर्न सकेनन्,’ उनले भने, ’त्यही खर्चमा समेत पारदर्शिता नहुँदा अख्तियारले प्रश्न उठाउँदै ६१ बुँदे सचेतपत्र पठाएको छ ।’ स्थानीय तहमा अनुगमन र आवधिक योजनाको अभाव भएको भनाई उनको थियो । ’स्थानीय तहमा सशक्तिकरणसँगै तालिमको आवश्यकता देखिएको छ,’ उनले भने । 

अमेरिकी दुतावासकी सूचना अधिकारी एवं प्रवक्ता एण्डी डी अर्मेन्टले निजी क्षेत्रसँगको सहकार्यमा बिभिन्न प्रदेशका लागि आयोजित सुशासन सम्बन्धि प्रदेशस्तरीय यसपटकको तालिमको अन्तिम कार्यक्रम पोखराको रहेको बताइन । तालिम दुतावासको भन्दा पनि महासंघकै हो भन्दै उनले अमेरिकाले यस विषयमा सहकार्य मात्र गरेको स्पष्ट पारिन् । तालिममा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहका २० पदाधिकारीको सहभागिता छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।