१७ साउन/अर्थ र व्यापार– वीरगञ्ज भन्सारमा जाँचका क्रममा गहुँको बोराभित्र करीब दुई लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ ।
भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको कारमा गहुँको बोराभित्र करीब दुई लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले आज बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताए ।
भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहुँको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए ।
तपाईको प्रतिक्रिया